बिभिन्न स्थानहरुबाट बारा प्रहरीले ४२ लाख २१ हजारको अबैध समान सहित मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौापनेले बताउनु भएको छ ा बीरगंजबाट कांठमाडौ तर्फ जाँदै गरेको ना ३ ख ५२५० नम्बरको डिब्बा ट्रकलाई ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको पापड, मोटर, कपडा लगायत खुदा्र सामानहरु भेटिएपछि उत, ट्रक नियन्त्रणमा लिइएको बताउनु भयो ा यसैगरी कलैयाबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ९८३८ नम्बरको यात्रु बसमा अमलेखगञ्जका प्रहरीले चेकजाँच गर्दा बिलबिजक नभएको अन्दाजी एक लाख रुपैया बराबरको भन्सार छली गरेको खुदा्र समाग्रीहरु बरामद गरेको हो ा बिभिन्न स्थानहरुबाट भन्सार छली गरेर ल्याएको खुदा्र समान सहित ट्रकको ४२ लाख भन्दा बढीको मुल्यांड्कन गरी राजस्व अनुसनधान कार्यालय पथलैया बारामा पठाइएको हो ा