पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंलले तस्करी नियन्त्रण गर्नका लागी मातहातका प्रहरी चौकीका ईन्चार्जहरुलाई निर्देशन दिएपनि तस्करी नियन्त्रण हुन नसकेको भरपर्दाै श्रोतले भने, रातीको बखतमा गाम्रिण क्षेत्र झौवा,बन्जारी, अर्लाे मिर्जापुर, एकटांगा लगायत स्थानहरुमा संस्थागत तस्करी भइृरहेको एक स्थानिय वासिन्दाले भन्छ्न, सिमानाकामा खटिएका सशस्त्र प्रहरीहरुले राजस्व बृद्धी गर्नका लागी जिम्मा लिएपनि उनीहरुको संरक्षणमा ब्यापक तस्करी मौलाएको हो ा पर्साका एसपी ढुगेल तथा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपछि राधेश्याम धितालले पटक पटक तस्करी नियन्त्रण गर्नका लागी प्रसास गर्दे आईरहेका छन् ा पर्सा जिल्लाका नामुद तस्करहरुले भरिया प्रयोग गरी तस्करी धन्दा फस्टाएका छन् ा रातीको बखतमा डिउटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भरिया तस्करहरुले रकम दिई सहज तरिकाले तस्करी धन्दा गर्दे आईरहेका हुन ा बीरगंज नगरक्षेत्रमा बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरी नायब उपरिक्षक रिजालले तस्करी नियन्त्रण गर्नका लागी दिनरात अहोरात्र खटिएका छन् ा प्रहरी नायब उपरिक्षक रिजालले तस्करीमा कडाई गरेपछि बीरगंजका नामुद तस्करहरुले आफनो कार्यशैली परिवर्तन गरी मुख्यनाकाबाट नै तस्कर िगराईरहेका छन् ा तस्करहरुका समुहरुले बीरगंजको मुख्यनाका भन्सारबाट टाँगा सेटिंग , टेम्पो सेटिंग, अपांग सेटिंग, महिला प्रयोग गरेर बीरगंजको बंजरग , कालिका, गढीमाई लगायत बिभिन्न टा्रन्सपोर्टमा भारतीय कुर्ता सुरुवाल, कपडा, हार्डवेयर, सहज तरिकाले दिने गरेको एक तस्कर समुहले नाम नछाप्ने शर्तमा भनेका छन् ा बीरगंजमा कहिले पनि तस्करी रुकेको छैन् , शैलीमात्र परिर्वतन मात्र भएको छ ा अर्लाे नाकाबाट तस्करका नाईके तारकेश्वरले भारतीय रजनीगन्धा , रेडबुल , गुटखा मोटरसाईकलमा लोड गरेर साँझ र बिहान माईस्थानमा पुयाउन गरेका छन् ा भारतीय रेडबुल स्वास्थ्यको लागी हानीकारक रहेको भन्दै नेपाल सरकारले बिक्री बितरणमा रोक लगाएपनि तस्कर तारकेश्वरले खुले आम बीरगंजको बजारमा भारतीय रेडबुल तस्करीको माध्यमले सहज तरिकाले पुयाउन गरेको बीरगंजका एक ब्यवसायीले भन्छन् ,जसले तस्करीको सामान मगाउँछ त्यसलाई प्रहरीले केही गर्देन् तर हामी नेपालमा उत्पादन भएको सामानहरु बिक्री बितरण गर्दा प्रहरीले हामीलाई दुख दिने गरेको यस दैनिक सँग गुनासो पोखे, मैले पर्साका प्रहरी प्रमुख ढुगेललाई पटक पटक यस बारेमा अवगत गराउन खोजेको पनि हो तर भेटन नपाएको ती ब्यापारीले भने, झौवाबाट पेस्ट, क्रिम चाईनीज स्याउको रातीको बखतमा साईकल तथा मोटरसाईकलमा लोड गरेर भारत तर्फ पुयाईरहेका छन् ा अर्लाै नाकाबाट काजुको तस्करी भईरहेको छ भने ग्रामिण क्षेत्रबाट कपडा , मरिच, काठ , धानको ब्यापक तस्करी भईरहेको हो ा यस सम्बन्धमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका एसपीहरु सँग प्रतिक्रिया लिन खोज्दा मोवाईल सम्र्पक हुन सकेन् ा