बारा प्रहरीले अबैध लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ ा पक्राउ पर्नैमा निजगढ नगरपालिका वडा नम्बर ७ लचका बस्ने २७ वर्षीय सुनिल रुम्बा रहेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले नकटुवामा चेकजाँच गर्ने क्रममा मुसहर्वाबाट प्रसौनी तर्फ आउँदै गरेको ना ६१ प् १७२७ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई चेकजाँच गर्दा इंडिकेटर लाईट भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर २, ४ ग्राम सहित रुम्बा पक्राउ परेको जानकारी दिनुभएको छ ा