बीरगंज नगर क्षेत्रका अधिकांश संस्थागत बिधालयहरु महानगरपालिकाको नियम पालना नगरी आफु मनपोली गरीरेहको एक अभिभावकले गुनासो पोखे, २०८० शैक्षिक सत्रमा बीरगंजका सामुदायीक तथा संस्थागत बिधलायहरुले कक्षा नर्सरी देखी ८ सम्म छात्रबृत्ति दिने पर्ने नियम रहेपनि अधिकांश बिधालयहरुले छात्रबृत्ति आवहान नगरेको पाइएको छ । स्थानियतहको सरकारले नयाँ शैक्षिक सत्रमा छात्रबुत्ति दिने नियम लगाएपनि संस्थागत बिधालहरु जीएचपी, गुरुकुल, कञ्चनजँगा, मास्कोट, मेरीगोल्ड, ज्ञान ज्योती लगायतहरुले हाल सम्म छात्रबृत्ति आवहान नगरेको अभिभावकहरुले यस दैनिक सँग गुनासो पोखेका छन् , महागरपालिका नगर प्रमुख मेयर सिंहले सार्वजनिक कार्यक्रममा छात्रबृत्तिव नदिने सामुदायीक तथा संस्थागत बिधलायहरुलाई कारवाही गरिने जनाएपनि बीरगंजका बिधालयहरुले हाल सम्म छात्रबृत्ति दिने बिषयमा कुनै सुचना प्रकाशित नगरेको जीएचपी बिधलायमा अध्ययन गर्ने पटेल थरका छात्रका अभिभावकले भन्नु भयो, बिधालयमा अध्ययनरत छात्र र छात्राहरुलाई छात्रबृत्ति किन नदिएको बिधालयका प्रशासन सँग सोध्दा हाम्रो स्कुलमा छात्रबृत्तिको सुबिधा नभएको प्रतिक्रिया दिएको पटेलले जानकारी दिनुभयो ा कक्षा नर्सरी देखी कक्षा ८ सम्म छात्रबृत्ति दिने महानगरले नियम लगाएको भनी सोध्दा बिधालय प्रशासनले महानगरबाट नै लिनु भन्दै जवाफ फर्काएको वहाँको भनाइ रहेको छ । कुनै पनि बिधालयहरुले छात्रबृत्ति आवहान गर्दा सो बिधालयले सार्वजनिक रुपमा सुचना हेर्ने गरी टाँस गरी छात्र र छात्राका अभिभावकहरुलाई अवगत गराउनु पर्ने नियम हो ा सो बिधालयमा अध्ययन गर्ने छात्र तथा छात्राहरुको कुल संख्याको दश प्रतिशत छात्रबृत्ति दिनुपर्नै नगर प्रमुख सिंहले सार्वजनिक रुपमा भनेका पनि छन् ा छात्रबुत्ति नदिने संस्थागत बिधालयहरुले गोप्य तरिकाले कागज पक्रिया पुरा गरी महानगरमा अन्तिम नामवाली पठाउने गरेको एक शिक्षकले नाम नछाप्ने शर्तमा भन्नु भयो, गोप्य तरिकाले छात्रबृत्ति दिने बिधालयहरुले सोही बिधालयमा पठन पाठन गराउने शिक्षक तथा कर्मचारीहरुको सुपुत्रहरुलाई आन्तरिक रुपले छात्रबृत्ति प्रदान गर्दै आईरहेको ती शिक्षकले खुलाशा गरे, शिक्षक तथा शिक्षिकाका बच्चाहरुलाई छात्रबुत्ति प्रदान गरेपछि सो बिधालयका कर्मचारीहरुले संस्थाप्रति ईमान्दार रह्ने उदेश्यले आन्तरिक छात्रबुत्ति दिने गरेको ति शिक्षकले दाबी गर्नुभयो ा गौतम माबीले छात्रबृत्ति आवहान गर्दा सार्वजनिक रुपले सुचना नै टाँस गरी परिक्षा पनि लिइएको हो ा तर बीरगंजका अधिकांश संस्थागत बिधालयहरुले छात्रबृत्ति नदिने मानष्किता रहेको पाइएको छ ा यस सम्बन्धमा जीएचपी बिधालयका प्रशासन सँग शुक्रवार बुझन खोज्दा प्रतिक्रिया दिन चाहेनन् ा बीरगंज महानगरपालिकाको नयाँ शैक्षिक शत्र २०८० साल आषाढ २३ गते भित्र सम्म सामुदायीक तथा संस्थागत बिधालयहरुले छात्रबृत्ति परिक्षा लिनुपर्ने हो ा