स्वास्थ्यकर्मीको लापरवाहीको कारण सर्वसाधारण नागरिकहरुले सास्ती भोग्नु पर्नेको साथै कतिपय अवस्थामा ज्यान नै गुमाउनु पर्ने अवस्था रहेको हुनाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सम्बन्धी ऐन एकतर्फी रहेको बीरगंज महानगरपालिका मेयर सिंहले बताउनु भयो ा स्वास्थ्यकर्मी तथा संस्था सुरक्षा सम्बन्धी एने २०६६ संसोधन २०७९ ले स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी मात्र उल्लेख गरेको कुनै पनि चिकित्सकले लापरवाही गरेमा कारवाही हुनुपर्ने बिषयामा उल्लेख नगरेकोमा उतm ऐन संसोधन हुनुपर्ने कुरामा नगर प्रमुख सिंहले जोड दिनुभयो ा नेपाल चिकित्सक संघले बीरगंजको होटल मकालुमा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यक्रममा नगर प्रमुख सिंह बोल्दै कतैपय स्वास्थयकर्मीहरुको चरम लापरवाहीको कारणले गर्दा बिरामीले ज्यान गुमाउनु परीरहेको छ, त्यस्ता चिकित्सकलाई कारवाही हुन सकेको छैन् , किनभने सरकारले चिकित्सकहरुका लागी एकतर्फी ऐन बनाएको छ ा यस्ता ऐनलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको मेयर सिंहले बताउनु भयो ा बीरगंज महानगरपालिकाका उप मेयर ईम्तियाज आलमले स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षा उनीहरुले दिने सेवामा निर्भर हुने बताए ा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डाक्टर निरज सिंह पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का, पर्साका सशस्त्र प्रहरी उपरीक्षका राधेश्याम धिमाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, लगायतको उपस्थिति रहेको थियो ।