प्रचण्ड गर्मीको कारण रौतहटमा एक पुरुषको ज्यान गएको छ । मृत्यु हुनेमा बदीमाई नगरपालिका वडा ८ बस्ने सरमौजुवा निवासी ५५ वर्षिय नम्बर राजमंगल राय यादवको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीले जानकारी दिएको हो । साइकल चलाएर राजमंगल राय मौलापुरबाट जगनगर जाने क्रममा बकीया नदीको पुलमा लड्का थिए । प्रचण्ड गर्मीका कारण साईकल चलाएका राजमंगलको घटनास्थलमा मुत्यु भएको प्रहरीले जनाएको छ । बेहोस भएर लड्का यादव स्थानिय वासिन्दाहरुले प्रहरीलाई जानकारी गराएपछि घटनास्थलमा पुगेका प्रहरीले यादवलाई थप उपचारको लागी गौर अस्पतालमा पुयाउंदा चिकित्सकले मृत घोषणा गरेको थियो । मृत्क यादवको शव पोष्टमार्डमको लागी प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको रौतहट प्रहरीले जानकारी दियो । यसैगरी मधेश प्रदेशको जिल्लाहरुमा केही दिन देखी अत्याधिक गर्मीको कारण जनजीवन कष्टकर भएको छ । गर्मीका कारण बिधालयमा अध्ययन गर्ने साना साना वालवालिका तथा मजदुरहरु नरा्रमो सँग प्रभावित भएका छन् । गर्मीका कारण बीरगंजको तापक्रम ४२ देखी ४४ डिग्री सेल्सीयस समेत भएको छ । तातो हावा लु चल्ने थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीमा घरबाट बाहिर निस्कीन चिकित्सकहरुले स्थानिय वासिन्दाहरुलाई सुझाव समेत दिएका छन् । यसैगरी बीरगंजमा अत्याधिक गर्मी बढेपछि बिधालयमा अध्ययन गर्ने छात्र छात्राका अभिभावकहरुले केही दिनको लागी बिधालय बन्द गर्नका लागी महानगरपालिका सँग आग्रह गरेका छन् । प्रचण्ड गर्मीका कारण साना वाल वालिका बिधालयमा बेहोस हुने गरेका छन् ा