भन्सार छली गरेर ल्याएको तस्करीको सामान पर्सा प्रहरीले बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरिक्षक तथा प्रवतmा केशर कुमार न्यौपानेले जानकारी दिनुभएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिभिन्न नगरक्षेत्रको बिभिन्न स्थानहरुबाट २६ लाख, ८ हजार , ४ सय ९० रुपैया बराबरको तस्करीको सामान नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक न्यौपानेले भने, भन्सार छली गरेर भरिया मार्फत तस्कर समुहहरुले तस्करी गराइरहेको हामीलाई जानकारी पाएपछि बीरगंज महानगरपालिका वडा नम्बर ईदगाह चौकमा तस्करले प्रहरीलाई हेर्न बितीकै सामान छाडेर फरार भएको प्रहरी नायब उपरिक्षक न्यौपानेको भनाई रहेको छ । प्रहरीले कपडा, औषधी तथा मोबाईलका पार्टस लगायत सामानहरु बरामद गरेको हो ।