एक महिला सहित ३६ जनाले रक्तदान गरेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक वाटिकामा आयोजित गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको रगतसञ्चार केन्द्र बीरगंजका प्रमुख सौरभराज पांण्डेले जानकारी दिनुभयो ा बीरगंजको युथ कमिटीले शिवपार्वती धर्मशालामा सम्पन्न भएको रक्तदान कार्यक्रममा कांग्रेशका नेता तथा मधेश प्रदेशका पुर्वमन्त्री ओमप्रकाश शर्मा , जिल्ला टा्रफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडा, पुर्व वडा अध्यक्ष नगिना साह कानु , दिपक साह कानु लगायतको उपस्थिती रहेको थियो । युथ कमिटीका अध्यक्ष बिक्की गुप्ताको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।