बीरगंजमा प्रचण्ड गर्मी बढेपछि महानगरपालिकाले संस्थागत तथा सामुदायीक बिधालय चार दिनको लागी बन्द गर्ने निर्णय गरेको छ । बिगत केही दिन देखी बीरगंजमा तातो हावा लु चल्ने थालेपछि जनजीवन कष्टकर भएको हो । अत्याधिक गर्मीका कारण बिधालयमा अध्ययन गर्ने बिधार्थीहरुलाई चक्कर लाग्ने, बान्ता आउने, टाउको दुख्ने , बेहोस हुन थालेपछि महानगरपालिकाले नगर क्षेत्र भित्र रहेको संस्थागत तथा सामुदायीक बिधालय चार दिन बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक शाखाले जनाएको छ । प्रचण्ड गर्मीका कारण एक साईकल यात्रुको आईतवार निधन भएको थियो भने बिधार्थीहरु बिधालयमा बेहोस हुन थालेको यस अनलाईनले समाचार सम्प्रेषण गरेपछि महानगरपालिको ध्यानकर्षण भएको हो ।