पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी ल्याएको आंशकामा २ करोड , १ लाख, ५१ हजार, , १ सय ४४ रुपैयाको मालबस्तु नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस् अनुसन्धान कार्यालय बारामा पठाइएको प्रहरी उपरिक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । अबैध तरिकाले भन्सार छली गरेर चोरी पैठारी भईरहेको हामीलाई सुचना पाएको प्रहरी उपरिक्षक ढुंगेलले भन्नु भयो, सुचना पाउन बितिकै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको बिभिन्न स्थानहरुबाट तस्करी गरी ल्याएको सामानहरु बरामद भएको बताउनु भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुर सडकखण्ड बाट प्रदेश ०२, ०३, ००१ ख् ६५५७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढी औषधी , खुदा्र, तथा हार्डवेयर सामानहरु बोकेको बरामद भएको हो । बिलबिजकमा पनि शंकास्पद लागेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक सहित सामग्रीहरुको मुल्याड्न १ करोड , १५ लाख, , ४९ हजार , १ सय ४४ रुपैया गरेको हो । बीरगंजबाट जनकपुर जाने क्रममा उतm मालवाहक ट्रकलाई परवानीपुर चौकबाट नियन्त्रणमा लिएको एसपी ढुंगेलले बताउनु भयो । यसैगरी भन्सार छली गरेर ल्याईरहेको अवस्थामा भैसी, पडा तथा पाडी पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक केशव कुमार न्यौपानेले बताउनु भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ डकैला बहुअरी सडक खण्डबाट भारतबाट भन्सार छली गरी नेपाल तर्फ आउँदै गर्दा थारो भैसी ८ , पाडा तथा पाडी २८ वटा नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिइएको भैसी, पाडा तथा पाडीको ४ लाख, ३४ हजार मुल्याड्न गरेर पठाएको हो ।