बारा प्रहरीले तीनवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । राजस्व छली गरी अबैध तरिकाले समाग्रीहरु लोड गरेको बिशेष सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बारा तथा अस्थाई प्रहरी चौकीको संयुतm प्रहरी टोलीले तीनवटा ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा १ करोड , ३ लाख ९७ हजार मुल्य बराबरको तस्करीको समान बरामद गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले भन्नु भयो, बीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख ३७४ , ना ३ ख ७०७५ तथा बीरगंजबाट बाँके तर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१, ख ३८३८ नम्बरको मालवाहक ट्रकलाई ईलाका प्रहरी कार्यालय जितपुर , अस्थाई प्रहरी चौकी पथलैया तथा जिल्ला प्रहरी कार्यालय बाराका संयुतm प्रहरी टोलीले मालवाहक ट्रकलाई नियन्त्रणमा खानतलाशी गर्दा बिल बिजक भन्दा बढीको खुद्रा समानहरु बरामद भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो । बिल बिजकमा शंकास्पद लागेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।