सरकारी कागजात किर्ते गरेको आरोपमा बारा प्रहरीले एक ब्यवसायीलाई नियन्त्रणमा लिई अनुसनधान थालेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अनिल पटेल रहेका छन् । आन्तरिक कार्यालय सिमराको लेटरप्याड , छाप तथा हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खड्काले भन्नु भयो, अहिले अनुसन्धानको क्रममा रहेको हुनाले केही भन्न नमिल्ने बताउँदै यस कार्यमा अन्य ब्यतिmहरुको पनि संकलनता रहेको बारा प्रहरीले आशंका गरेको छ । प्रहर िहिरासतमा अनिल पटेलले हार्डवेयर पसल, पेटा्रेल पम्प लगायत खुल्ला ठक्ेकामा लिई गिटी बालुवाहरु बिक्री बितरण गर्दे आईरहेको आरोप लागेको हो । राजस्व कार्यालयले बैंक खाता हिनामिना गरेको आरोपमा रोक्का गरेको अवस्थामा उनले रावस्व कार्यालयको लेटरप्याड, छाप तथा हस्ताक्षर गरेर बैकलाई फुकुवा गर्नका लागी पत्र लेखेका थिए । बैंकका कर्मचारीले शंकाको आधारमा आन्तरिक राजस्व कार्यालयलाई जानकारी गराएपछि राजस्व कार्यालयका कर्मचारीले ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीलाई घटनाको बारेमा अवगत गराएपछि प्रहरीले पटेललाई बैंकबाट पक्राउ गरेको हो । किर्तै जलसाजी गरेका पटेललाई प्रहरीले बारा जिल्ला अदालतबाट सात दिनको म्यादथ प गरी अनुसन्धान पक्रिया अगाडी बढाएको बारा प्रहरीले जनाएको छ ।