गुणस्तर तथा नापतौल कार्यालय बीरगंजले सुन पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकांश बीरगंजका सुन पसलको नविकरण नगरेको पाइएको गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारी मनीष गुप्ताले जानकारी दिनुभयो । सुन पसलमा अनुगमन गर्दा प्राय सुन पसलहरु बन्द गरेर भागेको अनुगमनमा खटिएका एक कर्मचारीले भने, ब्यापारीमा यत्रो त्रास किन अनुगमन गर्न हाम्रो दायीत्व र कर्तब्य हो, गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका निरीक्षक रामप्रसाद लम्सालको नेतुत्वमा खटिएको टोलीले न्यु रिया ज्वेलर्स, नारायणी ज्वेलर्स, रुप अलंकार ज्वेवलर्स कला कला केन्द्र , पिके कला केन्द्र लगायत ६ वटा पसलमा अनुगमन गरेको थियो । अधिकांश पसलहरुमा नविकरण नगरेको मात्र भेटिएको हुनाले तीन दिन भित्र नविकरण गर्नका लागी पसलहरुलाई निर्देशन दिइएको निरीक्षक लम्सालले बताउनु भयो ।
उनका अनुसार, सुनचाँदी पसलेहरुले व्यापारिक नियमको पालना गरे नगरेको तौल र शुद्धताको मापन पालना भए नभएको तथा कर तिरे नतिरेको बारेमा अनुगमन गर्न टोली खटिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रतिनिधीले सुनचाँदी पसलको अनुगमन गरेका हुन् ।