श्रोेत नखुलेको रकम सहित पर्सा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वी चम्पारण रक्सौल बडा नम्बर २० कुम्हरिया टोल बस्ने २९ वर्षीय बब्लु राज रौनियार रहेका छन् । पर्साका प्रहरी नायब उपरिक्षक भारतीले बताए अनुसार हुण्डीको कारोवार भईरहेको पहिला नै सुचना पाएका थियौ, सोही सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १५ बाईपास सडकखण्ड नजिक बसपार्कबाट पैदल प्रतिमा चोकतर्फ जाँदै गरेको रौनियारलाई नियन्त्रणमा लिई उनले बोकेको कालो ब्याग चेकजाँच गर्दा नेपाली रुपैया एक हजार दरको नोट चार लाख पन्ध्र हजार , पाच सय नोट एक लाख, सतरी हजार र पच्चासको पचास हजार गरी पाँच लाख नब्बे हजार बरामद भएको प्रहरी नायब उपरिक्षक दिपक भारती जानकारी दिनुभयो । पक्राउ परेका रौनियारलाई बैंक तथा बितीय संस्था सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।