नेपाल सरकारले २०८१, २०८२ आर्थिक वर्षमा पारित गरेको बजेटमा दाल , चामल , तथा मैदामा लगाएको अग्रिम कर फिर्ता नलिए आंदोलनमा उत्रिने बीरगंजका उधोगी तथा ब्यापारीहरुले पत्रकार सम्मेलन गरेर बताएका छन् । उधोग वाणिजय संघ बीरगंजका अध्यक्ष अनिल पटवारीले सरकारले दाल , चामल र मैदा उधोगका लागी कच्चा दाल गेडागुडीमा दश प्रतिशत, धान र गहुँ आयतमा २, ५ प्रतिशत लगाएको करले तस्करीलाई प्रश्रय दिएको जनाउँदै सरकारले अग्रिम आयकर फिर्ता नलिएमा उधोगीहरु आँदोलनमा उत्रिने अध्यक्ष पटवारीले चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि सरकारले बजेटमार्फत लगाएको दाल चामल तथा गेडागुडीको अग्रिम आयकर फिर्ता लिनुपर्ने बताए । महासंघमा पनि यसको बारेमा बहस भएको बताउँदै उनले यी सबैमा लगाईएको अग्रिम कर हटाउनुपर्नेमा जोड दिए । ‘हामीले यसबारेमा महासंघमा पनि बहस गरिरहेकै छौं,दाल चामल यी सबैमा लागेको अग्रिम कर हटाउनुपर्छ,’ उनले भने, ‘यदि नहटाएमा देशका उद्योग बन्द हुनुका साथै राजस्व र रोजगारी दुबै बन्द हुनेछ ।’ सरकारले यसलाई गम्भिर रुपमा लिएर हटाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगड पनि सरकारले तत्काल यस्तो निर्णय फिर्ता नलिए नेपालका उद्योगहरु धराशायी हुने बताए ।
४