पर्सा प्रहरीले बिलबिजक भन्दा बढीको सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले बताउनु भएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंजबाट चितवन तर्फ जाँदै गरेको म, प्र, ०३, ००२, ख १४४० नम्बरको ट्रक बीरगंजको घण्टाघर नजिक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु बरामद भएपछि उतm मालवाहक ट्रक नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक भारतीले भने, प्रहरीले २७ लाख, ७७ हजार, ६ सय ४१ रुपैया मुल्यांड्कन गरी सामान सहित ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको डिएसपी दिपक भारतीले जानकारी दिनुभयो ।