बीरगंजमा बेवारिसे अवस्थामा एक ब्यतिmको शव बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले जानकारी दिनुभयो । बीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै रहेको खुल्ला चौरमा स्थानिय वासिन्दाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्डमको लाग िनारायणी अस्पतालमा पठाईएको प्रहरी नायब उपरिक्षक भारतीले भन्नु भयो, अन्दाजी २५ वर्ष देखी ३० वर्षको उमेर रहेका ती ब्यतिmको हाल सम्म पहिचान नखुलेको डिएसपी भारतीले बताउनु भएको छ । मृत्कले कालो रंगको सर्ट , निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइनट तथा खैरौ क्लरको जुता लगाएको हुनाले मृत्कको हुलिया सँग मिल्ने कोही पुरुष हराइरहेको भए जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरी नायब उपरिक्षक दिपक भारतीले भन्नु भयो, घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।