अबैध लागु औषध गाँजा सहित बारा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसनधान थालेको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भयो । लागु औषध गाँजा ओसार पोसार भईरहेको हामाीलाई सुचना पाएको प्रहर िउपरिक्षक खड्काले भन्नु भयो, सुचना पाउन बितीकै जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको संयुतm प्रहरी टोलीले मनहरीबाट पथलैया तर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको कार नियन्त्रणमा लिई चेकजाँच गर्दा डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा ८० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भएको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका १० रिकाटार बस्ने २५ वर्षीय बहादुर वाईवा , मकवानपुर राक्सीराड गाउँपालिका ५ बस्ने २६ वर्षीय सुमा स्याडताड रहेका छन् । उनीहरुलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । यसैगरी ईलाका प्रहरी कार्यालय सिमा्रैनगढ तथा प्रही चौकी श्रीनगर बैरियाबाट खटिएको संयुतm प्रहरी टोलीले सिमा्रैनगढ नगरपालिका वडा नम्बर १ हनुमान चौक नजिकै नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा नयकाटोलाबाट भारततर्फ जाँदै गरेको बिआर ०५, सि , ७०५४ नम्बरको भारतीय हिरोहुण्डा मोटरसाईकल प्रहरीलाई हेर्न बितीकै छाडेर फरार भएपछि उतm मोटरसाईकल नियन्त्रणमा लिई चेकजाँच गर्दा सिट मुनी रातो प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अबैध लागु औषध १० किलो गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भएको छ । मोटरसाईकल चालकको खोजतलाश भईरहेको जानकारी दिनुभयो ।