सर्वाेच्च अदालतले बीरगंजको मुख्य सडक बिस्तारको मुद्दाको सुनुवाई हेर्न नभ्याइनेमा राखेपछि उतm मुद्दाको सुनुवाइ सरेको छ । सर्वाेच्च अदालतमा बिचाराधिन रहेको बीरगंजको मुख्य सडक मेनरोड बिस्तारको मुद्दा २४ औं पटक सरेको हो । उतm मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय डा।मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो ।
न्यायाधिशद्वयको इजलासमा यस अघि शुक्रबारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगंज सडक विस्तारको मुद्धा भने हेर्न नभ्याइनेमा रहन पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए ।
निवेदक लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरत प्रसाद रौनियार र वीरेन्द्र कुमार संघाईले दायर गरेको रिट आजको पेशीमा पहिलो नम्वरमै परेको थियो ।
सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनीहरु बाधक बन्दै आएका छन् ।