बीरगंज भन्सारमा खटिएका सशस्त्र प्रहरीको रबैया हरेर ई रिक्शा चलाएर जिवनयापन गर्ने एक चालक बाध्यता भएर नेपाली बीस हजार घुस दिनु परेको घटना उजागर भएको छ । बीरगंज भन्सारमा सशस्त्र प्रहरी नायब उपरिक्षक शुसील रिजालले तस्करी नियन्त्रण तथा घुस लिने प्रहरीलाई स्वयम् कारवाही गर्न पछाडि नह्टेका प्रहरी अधिकृत हुन् । उनले राजस्व बृद्धी गर्नका लागी अहोरात्र खटेका पनि छन् । तर प्रहरी नायब उपरिक्षक रिजालले बिस हजार घुस लिएर ई रिक्शा छाडेको ती चालकले आरोप लगाएका हुन् । घटना हो शुक्रवारको , भारतको रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको मधेश प्रदेश ०३, ००१३ नम्बरको ई रिक्शाबाट भन्सारमा खटिएका सशस्त्र प्रहरीले तस्करीको कपडा बरामद गर्छ , भारतीय कपडा बरामद भएपछि उतm ई रिक्शा सहित नियन्त्रणमा लिईन्छ , नियन्त्रणमा लिइएको ई रिक्शा भाडामा प्रयोग भएको हो कि तस्करीमा , यदी भाडामा प्रयोग भएको हो भने चार दिन सम्म किन सशस्त्र प्रहरीले ई रिक्शा राख्नुपर्याे त ? तस्करी प्रयोजनमा भएको हो भने भन्सार किन बुझाईन त ? तिन दिन सम्म सशस्त्र प्रहरी समझ धाउँदा तिम्रो ई रिक्शा भन्सार चलान भएको छैन् यदि तिम्रो रिक्शा लिन चाहन्छौ भने हामीले भनेको ब्यतिm सँग भेटघाट गर तिमा्रे काम हुन्छ भन्सारमा खटिएका एक सशस्त्र प्रहरी जवानले चालकलाई अवगत गराएपछि चालकले सशस्त्र प्रहरीले भनेको ब्यतिm सँग भेटधाट गर्दा तिमा्रे रिक्शा छुटिहाल्छ म डिएसपी साहेब सँग कुरा गर्छु भन्दै फोन लगाएर कुरा गर्याे अनि नेपाली बीस हजार रुपैया म सँग मांग गरेपछि म आकाशबाट भुईमा खसेको जस्तै भए, ती चालकले यस अनलाईन सँग गुनासे गरे, रकम दिएको एक घण्टा पछि सोमवार साँझ मेरो रिक्शा निस्कीएको ती चालकले भने, आफु कता कता बाट फोन गराए , तर डिएसपी साहेबले कसैको कुरा सुनु भएन भन्सारमा चलान गर्छु भनु भएको थियो । डिएसपी साहेबको पनि बिचौलया रहेको उतm घटनाले स्पष्ट भएको छ , ईमान्दार भनेर चिनिने प्रहरी नायब उपरिक्षक रिजालले बिचौलिया मार्फत रकम लिने गरेको वहाँ माथी आरोप लागेको छ । घरेलु प्रयोजनका लागी भारतको रक्सौलबाट चिनी , आलु प्याज , साबुन लिएर आउँदा भन्सारमा खटेका सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिने गर्छन् । तर तस्करीमा प्रयोग भएको अटो रिक्शा , ई रिक्शा रकम लिएर छाड्ने गरेका छन् भन्सारका सशस्त्र प्रहरीले, कुनै पनि तस्करी प्रयोजनमा प्रयोग भएको सवारी साधन नियन्त्रण लिईन्छ भने त्यसको २४ घण्टा भित्र भन्सार कार्यालयमा बुझाउनु पर्ने नियम हो वा तस्करीका प्रयोग नभएर भाँडाको सवारी साधान हो भने छाड्नु पर्ने नियम रहेको छ । तर चार दिन सम्म सशस्त्र प्रहरीले आफनो नियन्त्रणमा लिइएको ई रिक्शा माथिल्लो तहका हाकीमलाई जानकारी नगराउनु शंकाको बिषय बनेको छ । यस बारेमा भन्सारका प्रहरी नायब उपरिक्षक सुशील रिजालको मोबाईल नम्बर ९८५१२७२२२३ मा फोन गरी प्रतिक्रिया लिन खोज्दा वहाँको फोन सम्र्पक हुन सकेन जनाएको छ ।