पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वा नजिकै दुईजनाको शव गाडिएको अवस्थामा फेला परेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भन्नु भयो, मंगलवार बिहान दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, तथा भारतको एसएसबी बलको संयुतm टोलीले गस्ती गर्ने क्रममा जगरनाथपुरको बिसनपुर्वाबाट भारत बिहान नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्नै ओरिया खोला नजिकै पर्ने दशगजा क्षेत्रमा दुई जना पुरुषको बालुवामा गाडिएको अवस्थामा शव भेटिएको बताउनु भयो । करिब ३५ वर्ष देखी ४० वर्ष सम्मको देखिने दुईजना पुरुषको हाल सम्म पहिचान नखुलेको प्रहर िनायब उपरिक्षक भारतीले जानकारी दिनुभएको छ । दशगजा क्षेत्रमा शव भेटिएपनि उतm सिमा नेपालमा पर्ने भएकोले घटनाको बारेमा पर्सा प्रहरीले अनुसन्धान थालेको हो । घटनास्थलमा पुगेका प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्डमको लागी नारायणी अस्पतालमा पठाइएको डिएसपी भारतीले भने, घटनाबारे अहिले नै केही भन नमिल्ने बताउंदै अनुसन्धान जारी रहेको बताउनु भयो । गत शनिवार बीरगंजको भन्सार पछाडि रहेको खेतमा एक युवकको शव बेवारिशे अवस्थामा पर्सा प्रहरीले फेला पारेको थियो । उतm शवको अहिले सम्म पहिचान हुन सकेको छैन् । जगरनाथपुर वडा नम्बर १ बिसनपुर्वा ओरिया खोलामा पर्ने ४२१ नम्बरको सीमा पिल्लर नविकै बालुवामा शव गाडिएको अवस्थामा फेला परेको हो ।