नियम बिपरीत कक्षा संञ्चालन गराएको आरोपमा बीरगंज नगर क्षेत्रमा पर्नै पाँच वटा बिधालयहरुमा महानगरपालिकाले मंगलवार सिलबन्दी गरेको शिक्षा समितीका अनुगमन समितीका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिनुभएको छ । सिजी एजुकेशनद्धारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पुर्व प्राथमिब तह मन्टेश्वरी कक्षा निनो िबीरगंजको नामबाट बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचामा अनुमती बिनो अबैध रुपमा सञ्चालन गर्दे आईरहेको हुनाले सिलबन्दी गरिएको समितीका संयोजक यादवले भने, बीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा २०५७ साल देखी नियम बिपरीत कक्षा सञ्चालन गर्दै आईरहेको सिटीजन पब्लिक स्कुल तथा २०७५ साल देखी ए एस नलेज एकेडेमी, वडा नम्बर १८ भवानीपुरमा सुरज एकेडेमी र भवानीपुरकै बुद्ध एकेडेमीमा सिलबन्दी गरिएको जानकारी दिनुभएको छ । महानगरपालिकाले अनुगमन गर्दा अबैध रुपमा कक्षा सञ्चालन गर्दे आईरहेको बिधार्थीहरुको भविष्य सँग खेलवाड गर्दै आईरहेका बिधालयका संस्थापकहरुलाई कारवाही हुने संयोजक ईश्वरचन्द्र यादवले बताएका छन् । महानगरपालिकाका शिक्षा अधिकृत आन्नद लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल तथा सञ्चारकर्मीको उपस्थितीमा नियम बिपरीत बिधालय सञ्चालन गराएको पाँच वटा बिधालयमा सिलबन्दी गरिएको थियो ।