बिभिन्न मुद्दामा फरार रहेको दुई अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भएको छ । पक्राउ पर्नेमा आर्दशकोतवाल गाउँपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय राजेन्द्र बैठा धोबी र सोही स्थान वडा नम्बर ३ बस्ने ५२ वर्षीय लखिन्द्र प्रसाज जैसवाल रहेका छन् । बारा जिल्ला अदालतले धोबीलाई जबरजस्ती करणीको आरोपमा दुई वर्ष कैद , चार महिना , आठ दिन कैद र जैसवाललाई नागरिता सम्बन्धी जरिवाना तिस हजारको फैसाला गरेपछि उनीहरु फरार भएका थिए । फरार अभियुतm द्धय घरमा लुीकीछिपी बस्दै आईरहेको बारा प्रहरीलाई सुचना पाएपछि घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभएको छ । उनीहरुलाई बुधवार बारा जिल्ला अदालतमा पेश गरिने बताउनु भयो ।