मधेश प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र बीरगंज नारायणी अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा मन्त्री यादवले बिरामी तथा बुरुवा सँग कुराकानी गर्दे अस्पतालका कर्मचारीहरुले बिरामीहरुलाई कस्तो सेवा उपलब्ध गराईरहेको बारेमा जानकारी लिनुभएको थियो । मन्त्री यादव सँग बिरामी तथा कुरुवाहरुले अस्पताल भित्र सबै प्रकारको औषधी उपलब्ध नहुदाँ समस्या भएको , ओपिडी टिकट काट्ने काउन्टरमा जहिले पनि भिडभाड रह्ने गरेको र ब्यवस्थित नरहेको चिकित्सकहरुले ओपिडीमा पर्याप्त समय नदिएको जनगुनासो गरेका थिए । मन्त्री यादवले जनताहरुको जनगुनासो यथाशीध्र्र समस्या समाधान गर्नका लागी मेडिकल सुपरिटेन्डेनट डाब्टर एनामुल हकलाई निर्देशन दिनुभयो । बीरगंजको नारायणी अस्पतालको स्तरउन्नोतीको लागी आफु लागी परेको मन्त्री यादवले बताउनु भयो । अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गर्नुभयो । सो क्रममा मेसु डा। हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आइरहेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा रहेका अधिकांश भवनहरूको अवस्था जर्जर छ । वर्षायाममा पानी चुहिँदा बिरामीहरूको उपचारमा कठिनाइ आउँछ ।’
डा। हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको बताउनुभयो । ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उहाँले भन्नुभयो । त्यस्तै उहाँले क्वाटर, मेसिनरी र अन्य पूर्वाधार अभाव लगायतका समस्या पनि रहेको बताउनुभयो ।
अनुगमन गरेका मन्त्री यादवले अस्पतालका कर्मचारीहरुलाई भने बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कुनै प्रकारको छुट नहुने त्यस्ता कर्मचारीलाई कारवाही गर्नका लागी आफु पछाडि नह्टने बताउनु भयो ।