बीरगंज नगरलाई धार्मिक स्थल तथा पर्यटक क्षेत्र बनाउनका लागी आफु लागी परेको महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले भने, देशको आर्थिक नगरी एवम् मधेश प्रदेशको एकल महानगरपालिका बीरगंज नगर क्षेत्रलाई पर्यटक स्थल बनाउनका लागी नगरवासीकोहरुको पनि साथ र सहयोगको खाँचो रहेको मेयर र्सिहले भन्नु भयो । नेपालको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रबाट आउनु भएका पिठाधिश , पिठाचार्य सहितको टोली सँग आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर सिंहले धार्मिक पर्यटन प्रर्वद्रधनका लागी महानगरपालिकाले काम गरिरहेको दाबी गर्नु भयो । पिठाधिश तथा पिठाचार्यको भेटघाटमा मेयर सिंहले मेरो जन्मभुमी बीरगंजको धार्मिक स्थल पिपराको पशुपतीनाथ मन्दिरमा दर्शन तथा पुजा आराधनाको ब्यवस्था मिलाएको बताउनु भयो । जहाँ पुजा आराधना हुन्छ त्यहाँ पयर्टक भित्रिन्छन् , भारतीय पर्यटकहरुलाई पशुपतिनाथ दर्शन गर्नका लागी काठमांडौ नै जान नपर्ने मेयर सिंहको भनाई रहेको छ । बीरगंजको बिकाशको लागी अहोरात्र खटिरहेका मेयर सिंहले अब आउने दिनमा यहाँका युवाहरुले अक्षरधाम मन्दिर बीरगंजमा निर्माण भएको हेर्न पाउछन् । बीरगंजको भन्सार नजिकै रहेको पुर्वपटि र पश्चिमपटीको भुभागमा अक्षरधाम मन्दिरको निर्माण हुने नगर प्रमुख सिंहले भन्नु भयो, जग्गा हामीले हेरीसकेका छौ, मन्दिर निर्माण गर्नका लागी भारतका टोलीहरु बीरगंजमा छिटै अनुगमन गर्न आउने बताउँदै मेयर सिंहले धार्मिक स्थल र पर्यटह क्षेत्र बनाउनका लागी कुनै कसर बाँकी नराख्ने कुरामा जोड दिनुभयो । मन्दिरहरुको बिकाश तथा स्तरउनोन्तीको लागी आफु कहिल्यै पनि पछाडी नह्टने जनाउँदै मन्दिरको आडमा कमाई खाने भाँडो बनाउने गिरोहलाई महानगरपालिकाले कुनै प्रकारको छुट नदिने जानकारी दिनुभयो । वीरगंजमा धार्मिक पर्यटनका लागि अहिले गिता मन्दिरको सौन्दर्यकरण गर्ने कार्य भई रहेको बताउदै यस अघि महानगरले बीरगंजको गहवामाई मन्दिर, विर्ता मन्दिर, विन्वासिनी रामजानकी मन्दिर लगायतका मठ मन्दिरहरुको सौन्दर्यकरण गरि सकेको दावी गर्नु भयो ।
उहाँले पिठाधिश लगायतको टोलीलाई बीरगंजमा धार्मिक पर्यटन प्रबद्र्धनका लागि सहयोग पुर्याउन आग्रह समेत गर्नु भयो ।
टोलीले आज वीरगंजका विभिन्न धार्मिक स्थलहरुको स्थलगत निरिक्षण गरी देवघाट तर्फ प्रस्थान गरेको छ ।