श्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी १३ नम्बर गणले जनाएको छ । भारतको रक्सौलबाट बीरगंज तर्फ आउँदै गर्दा सीमा सुरक्षा गुल्म भन्सारमा खटिएका सशस्त्र प्रहरीले शंकाको आधारमा बिआर ०६ एआर ९४११ नम्बरको मोटरसाईकलमा सवार भएका पुर्वी चम्पारण रक्सौल वडा नम्बर ८ राहुल कुमारले लगाएको हेल्मेट चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा नेपाली ६ लाख रुपैया सहित पक्राउ परेका हुन् । पक्राउ परेका राहुल हुण्डीको रकम ओसार पोसार गर्ने भरिया समेत रहेको बुझनमा आएको छ । उनलाई हुण्डीका कारोवारीहरुले भरिया रुपमा प्रयोग गरी आफनो कारोवार फस्टाएका छन् । सशसत्र प्रहरीले हुण्डीको रकम सहित पक्राउ परेका राहुल मोटरसाईकल सहित थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाइएको हो ।