सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा महानगरपालिका वडा नम्बर १९ बर्वा लगायत बिभिन्न स्थानहरुको गोदाममा छापामारी गर्दा ४४ लाख भन्दा बढीको सामानहरु बरामद गरिएको छ । बीरगंज भन्सार सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज रिजालको बिशेष सुचनाको आधारमा बर्वाको गोदाममा छापामारी गर्दा अबैध सौन्दर्य क्रिम , मुड दाल, मोटर पार्टस लगायतका सामाग्रीहरु बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बरले जनाएको छ । सशस्त्र प्रहरी तथा बीरगंज भन्सारका संयुतm टोलीले छापामारी गर्दा सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस्लगायतका सामान बरामद गरेको सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ ।यस्तै सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दालसमेत बरामद भएको हो ।
५