बीरगंजमा अत्यधिक गर्मी बढेपछि महानगरपालिकाले शिक्षण संस्थाहरुमा तीन दिन गर्मी बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सूचना जारी गर्दै जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरूमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाएका छन् ।