बारा जिल्ला कलैया उपमहानगरपालिकाको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भुषण कुशवाहालाई अज्ञात समुहले गोली हानी हत्या गरिएको छ । बारा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ नजिकै अज्ञात समुहले गोली प्रहार गर्दा कुशवाहालाई ढाड र पिठ्युमा गोली लाग्दा गम्भिर घाईते भएका थिए । घाईते कुशवाहाको कलैया अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मुत्यु भएको हो । रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहालाई मोटरसाईकलमा आएका अज्ञात समुहले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । आदर्श कोतवाल वडा नम्बर २ अजुरिया टोल बस्ने कुशवाहालाई गोली प्रहार गर्ने समुहहरुको खोजतलाश भईरहेको बारा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको हुनाले अहिले केही भन नमिल्ने प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो । एक स्थानिय बताए अनुसार मोटरसाईलकमा आएका दुई जनाको समुहले कुशवाहा माथी गोली प्रहार गरेर भागेको जनाएका छन् ।