पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधी तथा स्थानियहरु बीच बिवाद हुदाँ झडप भएको छ । स्थानियहरुले गाउँमा पानीको समस्या, स्वास्थय चौकीमा औषधीको अभाव, बिधालयमा शिक्षकको अभाव जस्ता समस्या लिएर धोबिनी गाउँपालिका प्रमुख मधु चौहान समझ जाँदा समस्या समाधान गर्नु साटो उल्टै दुब्र्यहार तथा गालीगलौज गर्न थालेपछि झडप भएको स्थानियहरुले बताएका छन् । धोबिनीका स्थानिय अजय पटेल र ललन कुर्मीको नेतृत्वमा गएको टोलीले गाउँका समस्या समाधान गर्नका लागी प्रमुख निर गएका थियौ, तर उल्टै गाउँपालिका प्रमुख चौहानले दुब्र्यहार गर्न थालेपछि हामीले बाहिर आएर नाराबाजी गरेका थियौ । नाराबाजी गर्ने क्रममा प्रमुखका समर्थकहरुले आमी माथी नै हातपातको प्रयास गर्ने थालेपछि दुबै समुहबीच झडप भएको स्थानियहरुको भनाई रहेको छ । झपडको क्रममा धोबिनी गाउँपालिका चौहान माथी हातपात भएको एक प्रत्यक्षदर्शीले भने, समान्य बिवाद उग्ररुप लिन थालेपछि प्रहरी घटनास्थलमा पुगेर बिवाद समान्य भएको हो । गाउँको समस्या प्रति प्रमुख मधु चौहान गम्भिर नरहेको उतm घटनाले स्पष्ट भएको बिरोध गरेका एक युवकले भने,गाउँलेहरुलाई समस्या भएपछि जनप्रतिनिधी समझ गएर आफनो गुनासो राख्ने हरेक नागरिकको अधिकारको हो । गाउँमा पानीको ठुलो समस्या रहेको छ , प्रमुख चौहानले पानीमा पनि राजनितिक गरेर आफनो नजिक भएका कार्यकताहरुलाई मात्र खानेपानी सुबिधा दिने गरेको धोबिनी गाउँपालिकाका एक स्थानियले आरोप लगाएका छन् ।