कलैया उपमहानगरपालिका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरि भुषण कुशवाहाको हत्या गरेको आरोपमा बारा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । बारा आर्दश कोतवाल गाउँपालिका वडा २ बजुरीया बस्ने हरि भुषण कुशवाहालाई शुक्रवार सांझ करिब ६ बजेर १५ मिनेटमा अज्ञात समुहले गोली प्रहार गरेको थियो । कुशवाहालाई ढाड । पिठ्युमा एक राउण्ड गोल िलाग्दा उनी घाईते भएका थिए । घाईते कुशवाहालाई कलैया अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको नारायणी अस्पताल उपचारको क्रममा कुशवाहाको मृत्यु भएको हो । प्रहरीले हरि भुषण कुशवाहाको हत्या भएपछि बारा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ बस्ने दुईजना ब्यतिmलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दे जाँदा ब्यतिmगत रिसभीको कारण कुशवाहाको हत्या भएको हाल प्रारिम्भक अनुसन्धान बाट खुलेको बाराका एक प्रहरी अधिकृतले भने , अहिले नै रिसभीको कारण हत्या भएको भन नमिल्ने बताउँदै हरेक कोणबाट प्रहरीले काम गरीरहेको बताउनु भयो । छिटै हत्याको मुख्य कारण के हो खुल्ने ती प्रहरी अधिकृतको दाबी रहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेको ती प्रहरी अधिकृतले भनेका छन् ।
हरि भुषण् कुशवाहाको हत्या किन भयो त ?
राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरि भुषण कुशवाहाको हत्या हुनु दुई कारण रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले नाम नछाप्ने शर्तमा भन्नु भयो ।
पहिलो कारण
हरिभुषण कुशवाहाको नातामा पर्ने नातेदार सँग जग्गाको बिषय लिएर पहिला देखी नै झगडा भईरहेको थियो । कुशवाहाको आफन्तहरु सँग ८ धुर जग्गाको बिषय लिएर गत केही हप्ता ठुलो नै झगडा भएको थियो । उतm झगडामा दुबैपक्ष कुटाकुट हुदां हरिभुषण् कुशवाहाको बिपक्षीले खुलेआम तिमीलाई केही दिन भित्र हत्या गराईदिन्छु भन्दै चेतावनी समेत दिएका थिए । उनका बिपक्षीले चेतावनी दिएको एक सप्ताह भित्र कुशवाहाको गोली लागेर मृत्यु भएको हुनाले उनको नातेदार माथी शंका लागेर दुईजनालाई पक्राउ गरी बारा प्रहरीले अनुसन्धान थालेको हो ।
दोस्रो कारण
शिक्षा पेशा अंगालेका हरि भुषण कुशवाहा कहिले पनि ठुलो स्वरमा नबोल्ने , छात्र तथा छात्रा सँग मिठो बोली बोल्ने कुशवाहालाई नजिकबाट चिने एक बिधार्थीले भन्छन् ा उनको ब्यतिmगत दुश्मनी नभएको राजाराम क्याम्पसमा अध्ययन गर्ने छात्रको भनाई रहेको छ ।मृत्क हरिभुषण कुशवाहाको ब्यतिmगत रिसभीको कारण पनि हत्या भएको बारा प्रहरीले आशंका गर्दै अनुसन्धान गरी रहेको छ । यही दुई कारणमा केन्द्रित भई बारा प्रहरीले कुशवाहा हत्याको अनुसन्धान थालेको हो ।