ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । गाँजाको कारोवार भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महोन जँग बुढाथापाको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा नम्बर ४ भतौडामा बस्ने सुजमल चौधरी मल्लाहको घरमा छापामारी गर्दा २२ ग्राम गाँजा सहित सुजमल मल्लाहका चौधरीका छोरा २२ वर्षीय अमित चौधरीलाई पक्राउ गरिएको हो । गाँजा सहित पक्राय परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक महोन जँग बुढाथापाले जानकार िदिनुभयो । यसैगरी प्रहरी निरीक्षक मोहनजाग बुढाथापाको नेतृत्वमा खटिएका प्रहरी टोलीले लागु औषध गाँजा सहि तभारतीय मोटरसाईकल नियन्त्रणमा लिइएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोला नजिकै प्रहरीले नियमित चेकजाँच गर्ने क्रमम नेपालबाट भारततर्फ जाँदै गरेको बीई , २२ वाई , ६३४९ नम्बरको स्पेलेण्डर मोटरसाईकल चेकजाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अबैध दश किलो गाँजा बरामद गरिएको प्रहरी निरीक्षक मोहन जँग थापाले बताृनु भयो । गाँजा बरामद भएपनि गाँजाको कारोवारी भने पक्राउ भएको छैन् । बरामद भएको गाँजा तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।