महिला पत्रकारहरुलाई अहिले पनि यस क्षेत्रमा काम गर्नका लागी धेरै चुनौतीहरुको सामना गर्नु परिरहेको बीरगंज महानगरपालिकाको आमसञ्चार माध्यम नियमन तथा प्रबद्धन समितीका संयोजक धु्रव अधिकारीले बताउनु भयो । महानगरपालिकाको सहयोगमा बीरगंजबाट सञ्चालित अनलाईन मिसन खोज मिडीया प्रालीको आयोजनामा होटल बृन्दावनमा महिला पत्रकार क्षमता अभिबृद्धि तिन दिने तालिमको उद्घाटन गर्दे संयोजक अधिकारीले पर्सेली महिला पत्रकारहरुको हक हितको लागी तथा हौसला बढाउनको लागी महानगरले महिला क्षमता अभिबृद्धि सम्बन्धी तालिमहरुको आयोजना गर्दै आईरहेको भन्नु भयो, नेपाल पत्रकार महासंघ पर्सा शाखाका उप सभापति युवराज खड्काले महानगरले महिलाहरुको हक हितको लागी यस्ता कार्यक्रम गर्दै आईरहेकोमा उतm तालिमबाट महिलाहरुले नयाँ कुरा सिक्ने पाएको बताउनु भएको छ । यस पेशालाई अंगालेका महिलाहरुले आचार सहिताको नियम पालना गर्दै कलम चलाउन आग्रह गर्नुभयो ा बीरगंज महानगरपालिकाले पत्रकारहरुको क्षमता अभिबुद्धी सम्बन्धी तालिमहरुको आयोजना गर्नु सराहनीय कार्य रहेको उपाध्यक्ष खड्को भनाई रहेको छ । मिसन खोज मिडीया प्रालीका सञ्चालक श्याम कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्सा जिल्लाबाट सञ्चालित रहेको बिभिन्न मिडीयामा आवद्ध रही काम गर्दै आईरहेका महिला पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । उतm कार्यक्रम निलीमा पौडेलले सञ्चालन गर्नु भएको थिईन् ा