वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिती सदस्यहरु र मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा संघका अध्यक्ष अनिल कुमार अग्रवालले औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो । प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले आफुले कार्यभार सम्हालेको एक साता मात्र भएको बताउँदै सीमा क्षेत्रलाई व्यवस्थित र अवैद्य व्यापार नियन्त्रणमा सशस्त्र प्रहरीको भुमिका आफै प्रभावकारी बनाउने तर्फ आफ्नो पहल हुने बिचार राख्नु भएको थियो । उहाँले धेरैजसो बिषयहरु नीतिगत रुपमा परिमार्जन र संशोधन गर्नु पर्ने आवश्यकता रहेको भएता पनि दैनिक कार्य सम्पादनलाई नागरिक मैत्री बनाउन सशस्त्र प्रहरीले आफ्नो भुमिका खर्चिने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटाल लगायत संघका पदाधिकारी तथा कार्यसमिती सदस्यहरु उपस्थिति रहेको थियो ।