बीरगंजको कंचनजंघा स्कुलमा आज लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागु औषधले पुर्याउने हानी, यसबाट पर्न सक्ने मानसिक र शारिरीक असर लगायतबारे जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मार्टिन मोक्तानले बताउनु भयो । कुम्हालटोलका सामुदायिक प्रहरीको सहजिकरणमा संचालित तालिममा कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्ता प्रकारका तालिमले आफूहरुलाई जागृत गराउने सहभागि विद्यार्थीहरुले बताएका छन ।