गत जेठ ९ गते मंगलवार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वा नजिकै दुईजनाको शव गाडिएको अवस्थामा पर्सा प्रहरीले फेला परेको थियो । दुईजनाको शव गाडिएको अवस्थामा बरामद भएपछि पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले अनुसन्धान तिब्र गतीमा बढाएका थिए । अनुसन्धान गर्दै जाँदा मृत्क भएका दुबैजना बारा जिल्लाको रहेको खुलेपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भएको थियो । पर्सा प्रहरीको लामो अनुसन्धान पछि हत्या किन भएको खुलेको छ । प्रहरीले दुईजनाको हत्या गरेको आरोपमा मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो । पर्साको जगरनाथपुर गाउँपालिकाबाट हत्याका मुख्य योजनकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साका अनुसन्धान थालिएको छ । पक्राउ परेका ब्यतिmको नाम भने खुल्न सकेको छैन् । मंगलवार बिहान दशगाँजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल तथा भारतको एसएसबी बलको संयुतm टोलीले गस्ती गर्ने क्रममा जगरनाथपुर गाउँपालिका बिसनपुर्वा भारत बिहान नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोला नजिकै पर्ने दशगाँजा क्षेत्रमा दुईजनाको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको थियो ।