कलैया उपमहानगरपालिकाका रामराजा बहुमुखी क्याम्पस तत्कालीन क्याम्पस प्रमुख हरि भुषण प्रसाद कुशवाहालाई गोली हानी हत्या गरेको आरोपमा बारा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ५ पथरा निवासी हरिन्दर महरा चमार रहेका छन् ा पक्राउ परेका चमारले क्याम्पस प्रमुख कुशवाहालाई गोली प्रहार गरी आफनो बारीमा पेस्तोल लुकाई छिपाई राखेका थिए । बारा प्रहरीले घटनाको अनुसन्धान गर्दे जाँदा हरिन्दर महरा चमारले गोली प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेपछि बारा प्रहरीले उनलाई पक्राउ गरेको थियो । हत्यामा प्रयोग भएको पेस्तोल खोई पुछताज गर्दा चमारले बारीमा गाडी लुकाई छिपाई राखेको अवस्थामा दुई थान पैस्तोल तथा एक राउण्ड गोली बरामद भएको बारामा प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भयो । पक्राउ परेका हरिन्दरलाई ज्यान सम्बन्धी तथा हातहतियार खरखजानाको मुद्दा दर्ता अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।