वीरगंजको सिरसिया तटमा निर्माण गर्न लागिएको अक्षरधामसँग आबद्ध स्वामी नारायण मन्दिर स्थलमा बृहत सत्संग कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रमका लागि भारतबाट निश्चल विक्रम पौडेल एवंम् मदनकृष्ण पौडेललाई पश्चिम बंगालको कलकत्तास्थित सत्संग सञ्चालन सम्बन्धी प्रारम्भिक प्रशिक्षणका लागि प्रस्थान गर्नु भएको छ । उहाँहरुलाई वीरगंज महानगरपालिका सद्भावना दूत अशोक वैद्य एवंम विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र सिंहले स्वागत एवंम् विदाई गर्नुभएको थियो । स्वामी पूर्ण दास नारायण भगवानको पूजा अर्चनाका लागि नेपाल आउने कार्यक्रम रहेको छ ।