१३ बर्षिय नावालिकाको विहे गर्न लागेको सुचना पाएसँगै पर्सा प्रहरीले जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडानम्बर २ बाट बेहुला, बेहुलाको बुवा र बेहुलीको आमा बुवा गरी ४ जनालाई पक्राउ गरेको छ । बेहुला २२ बर्षिय उमेश रामले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ जिराभवानी निवासी कपिल देव रामकी १३ बर्षिया नावालिक छोरी सँग शुक्रवार विहे गर्ने तयारी गरि रहेको जानकारी गाउँलेहरुले प्रहरीलाई दिएपछि इलाका प्रहरीकार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले बेहुला उमेश राम, बेहुलाका बुवा भोली राम सहित बेहुलीका बुवा कपिलदेव राम र आमा उमरावती देवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बाल विवाह गर्न दवाव दिने ४ जनालाई थप कारवाही कालागि जिल्ला प्रहरीकार्यालय पर्साको हिरासतमाराखि अनुसन्धानअगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुगेलले जानकारी दिनुभयो ।