अबैध लागु औषध गाँजा सहित बारा प्रहरी एक भारतिय सहित दुईजनालाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बिहार सुमौली बस्ने ३० वर्षीय दिपक चन्द् देव र मकवानपुर राकसिरान नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २६ किलो गाँजा बरामद भएको प्रहरी उपरिक्षक खड्काले भने, बिशेष सुचनाको आधारमा हेटौडाबाट बीरगंज तर्फ जाँदै गरेको बा ४ च ५२७ नम्बरको कारलाई प्रहरी चेकपोष्ट पथलैयाबाराका वरिष्ठ सई नरेश शाहीको कमाण्डमा खटिएका प्रहरीले टोलीले उतm कार नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा अबैध गाँजा २६ किलो सहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरी हिरासतमा रहेका दुबैजनालाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।