समाजिक सेवामा आवद्ध रहेको साहिब दरवार नेपाल बीरगंजले गुरु पुर्णिमाको अवसरमा हजार जनालाई नि शुल्क भोजन गराउने भएको छ । बीरगंजको माईस्थान मन्दिर नजिकै गुरु पुर्णिमाको अवसर पारेर एक हजार भन्दा बढीको प्रसाद बितरण कार्यक्रम रहेको साहिब दरबार आवद्ध रहेका एक कर्मचारीले भन्नु भयो, सेवा नै घर्म उदेश्यको साथ साहिब दरबारले कोरोना भाईरसको प्रकोप बढ्दा सरकारले लक डाउन गरेको बखतमा गरिब तथा असाहय जनता रोग भन्दा भोगले मर्न हो कि त्रास भएपछि साहिब दरबार नेपालले बीरगंज भोकले कोहीको ज्यान नजाओस उदेश्य लिई भोजन बितरण गरेको थियो । लक डाउनमा नि शुल्क भोजन गरेको साहिब दरबारको देशभरी नै चर्चा बटुलेको थियो । बिभिन्न समाजिक क्षेत्रमा योगदान गरेको साहिब दरबारले गुरु पुर्णिमाको अवसरमा हजार भन्द बढी प्रसाद बितरण गरिने लक्ष्य रहेको बुझनमा आएको छ ।