बीरगंजको बिकाशको लागी सबैजना एक ढिक्का भएर लाग्नु पर्ने महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले बताउनु भएको छ । बीरगंजको दियालो लर्डस होटलमा आयोजित महिलाहरुलाई ब्यापार तथा उद्यमक्षेत्रमा लाग्न प्रेरित गर्नै उदेश्य कार्यक्रमलाई उद्घाटन गर्दै मेयर सिंहले बीरगंजको माटोका लागी केही गर्नु छ भने हामी सबैजना जुटनुको बिकल्प नभएको बताउंदै आफुले स्थानिय तहको निर्वाचनमा बीरगंज नगर क्षेत्रको बिकाशमा कसै सँग सम्झौता नगर्ने भनेको थिए । बिकाशमा बीरगंज फड्को पनि मारेको छ यती बिकाशले हुदैन् , अझै बिकाश गर्नु पर्र्ने भएकोले बीरगंज बनाउने अभियानमा एक जुट भएर आफुलाई साथ दिन सबै वर्ग समुदायलाई मेयर सिंहले आग्रह गर्नुभयो । नगर प्रमुख सिंहले समाजसेवा र व्यापारमा माडबारी समुदायका महिलाहरु खुलेर अगाडी आएको कुरामा जोडदिदै माडवारी समुदाय उद्योग व्यापारमा मेहनत र समर्पण भावले लागीपर्ने हुदा सफलता हात पारेको बताउनुभयो ।
उहाँले यो बर्ष वीरगंजबासीलाई धेरै कुराको उपहार दिने अभियानमा महानगर जुटेको दाबी गर्दै राम्रोलाई राम्रो, सहिलाई सहि र गलतलाई गलत भन्न नसक्दा वीरगंंजको विकासले गतिलिन नसकेको बताउनुभयो ।
नगरप्रमुख सिंहले राज्यलाइ १ खर्व ५८ अर्व राजश्वदिने वीरगंजलाई सरकारले उपेक्षा गरेकोमा दुखेसो व्यक्त गर्दै वीरगंजलाई राजश्व उठाउने केन्द्र मात्रै बनाईएको भन्दै गुनासो गर्नुभयो । कार्यक्रममा मधेस प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले प्रदर्शनीमा भारतबाट समेत स्टलहरु आएको र यो मेला अन्तर्राष्ट्रिय एक्स्पो को रुपमा स्थापीत भएको दाबी गर्दै महिलाहरुको सक्रियतामा प्रदर्शनीको आयोजना हुनुले वीरगंज का महिलाहरु सक्षम रहेको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । कार्यक्रममा वीरगंज स्थित भारतीय महाबाणीज्य दुतावासका बाणिज्य दुत सन्जय कुुमारले वीरगंजमा झण्डै २ हजार पािरवार माडबारी समुदायको बसोबास रहेको र उनीहरु उद्योग,व्यापार र समाज सेवामा सक्रिय रहेकोमा खुशी व्यक्त गर्नुभयो । वुमन क्रियशन वीरगंजकी अध्यक्ष अन्जु रुंगटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधब राजपाल, बरिष्ठ उद्योगपति अशोक बैद्य लगायतका उद्योगी व्यबसायीहरुको सहभागीता रहेको थियो । बीरगंजको वुमनद्धारा आयोजित गरिएको महिलाद्धारा घरेलु उत्पादित हस्तकला सामाग्री, श्रुंगार सामाग्री , तयारी कपडा , ईलेक्टा्रनिक सामान, फाष्टफुडका बिभिन्न परिकार सहितका ७० वटा स्टल राखिएको थियो ।