साउनको पहिलो दिन देशभरका शिवालय मन्दिरहरुमा दर्शनार्थीहरुको बाक्लो घुईचो रहेको छ । बिहान देखी बीरगंजको शिवालय मन्दिरहरुको परिसरमा भतmजनहरुले जल, पुष्प, बेलपत्र , गाई दुध चढाउनका लागी अलखिया मठ मन्दिर , चिनिमिल पिपरा नजिकै रहेको पशुपति मन्दिर, गहवा माई मन्दिर लगायत स्थानहरुमा दर्शनाथीहरुको धुईचो लागेको थियो । हरियो रंगको साडी, हरियो चुरा हातमा महेन्दी लगाएर महिलाहरु शिवालय मन्दिरमा पुजा आर्चना समेत गरेका छन् । बीरगंजको अलखिया मठ मन्दिरमा भतmजनहरुले बिहान देखी लाईनमा लागेर शिवलिंगमा जल चढाउंदै बेल पत्र अर्पण गर्दै पुजाआर्चना गरेका हुन् ा हिन्दुहरुले साउनको सोमवार भगवान शिवको पुजा आर्चनन गरी उपवास बस्नाले मनोकामना पुरा हुने बिश्वास भएको हुनाले शिवालय मन्दिरमा भतmजनहरु आउने गर्छन् । साउनको पहिलो सोमवार बीरगंज पिपरा चिनीमिल स्थित रहेको पशुपतिनाथ मन्दिरमा दर्शनाथीहरुको बिहान देखी भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा पुजाआर्चना गर्नका लागी बारा , पर्सा तथा रक्सौलबाट भतmजनहरुको आएका छन् ा साउन महिना भरी पशुपतिनाथ मन्दिरमा मेला लाग्ने गरेको छ । उतm मेलामा लाखौ भन्दा बढी भतmजनहरु दर्शन गर्ने आउने मन्दिरका पुजारीले बताउंछन् । गत वर्षको तुलनामा यस वर्ष भतmजनहरुको उपस्थिती उल्लेखनीय रह्ने पशुपतिनाथ मन्दिरका पुजारले भन्छन् , धार्मिक पर्यटकको रुपमा चिनिीएको यस मन्दिरमा नेपालबाट मात्र होइन् छिमेकी राष्ट्रबाट पनि भतmजनहरु पुजा आर्चना गर्नका लागी आउने गरेको बताउनु भयो । बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहको पहलमा चिनिमिल पिपरा स्थित रहेको पशुपति नाथ मन्दिरलाई रंगरोगन तथा सरसफाई गरी , शिव भगवानको पन्ध्र फिटको मुर्ति स्थापना गरी धार्मिक पर्यटक स्थल बनाउनु भएको हो । साउनको पहिलो सोमवार भएको हुनाले स्थानिय प्रहरी प्रशासनले शिवालय मन्दिरहरुमा प्रहरी परिचालन गरेको थियो । दर्शनाथीहरुलाई कुनै प्रकारको समस्या नहोस भन्दै प्रहरी परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ । यसैगरी पर्साको ऐतिहासिक धार्मिक पयर्टन स्थल दुधेश्वर महादेब मन्दिर रामभौडी भाडा धाममा दर्शनाथीहरुको बाक्लो भडि रहेको थियो ।