रकमको श्रोत नखुलेको आरोपमा बारा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी उपरिक्षक महेन्द्र सिंह खड्काले बताउनु भयो । अबैध हुण्डीको कारोवार भईरहेको हामीलाई सुचना पाएको प्रहरी उपरिक्षक खड्काले भन्नु भयो, सुचना पाउन बितिकै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर घोडासनबाट नेपाल तर्फ आउंदै गरेको ना ३६ प ४५६३ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई चालक र पछाडि बसेका ब्यतिmको शरीर चेकजाँेच गर्दा लुकाई छिपाई राखेको अवस्थामा नेपाली दश लाख बिस हजार रुपैया सहित फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया बस्ने ४१ वर्षीय सैदुल्ला ठकुराई र सोही स्थान बस्ने २२ वर्षीय बगार अंसारी रहेका छन् । उनीहरुको साथबाट बरामद गरिएको दशलाख बिस हजार रुपैयाको श्रोत खुलाउन नसकेपछि दुबैजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक खड्काले बताउनु भयो । पक्राउ परेका ठकुराई र अंसारीलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ । सैदुल्ला ठकुराई मोटरसाईकल चालक हुन भने बगार अंसारी पछाडि सवार थिए ।