बीरगंजबाट सञ्चालित भण्डाफोर दैनिक , आवाज एफएम तथा नेपाल पत्रकार महासंघ महासचिव श्याम बन्जाराले चलाएको प्र , २, ०१, ०२४ छ १८६५ नम्बरको कारलाई बिपरित दिशाबाट आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिदां सवारी दुर्धटना परेको छ । बाराको सिमराबाट बीरगंज तर्फ आउँदै गर्दा श्याम बन्जारा उनकी श्रीमती सुभदा्र बन्जारा सवार भएको कारलाई जितपुर सिमरा उपहानगरपालिका यामहा शोरुम नजिकै ठक्कर दिर्दा बन्जारा दम्पती घाईते भएका हुन् ा उनीहरुको शीरगंजको हेल्थ केयर अस्पतालमा उपचार भईरहेको छ भने दुबैजनाको अवस्था सामान्य रहेको चिकित्सकले बताए । बन्जारा सवार भएका कारलाई ठक्कर दिने मालवाहक ट्रकका चालक प्रहरी नियन्त्रण रहेको छ ।