पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी ल्याएको आशंकामा दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भन्नु भयो, चोरी पैठारी गरी अबैध तरिकाले भन्सार छलेर दुईवाट ट्रकमा मालबस्तु लोड गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट उतm ट्रक फेला पारेको बताउनु भयो । ना ५ ख २९१२ र ना ३ ख ७७३७ नम्बर ट्रकलाई नियन्त्रढामा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको दकाजु , ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरु बरामद भएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको जानकारी दिनु भएको छ । प्रहरी नियन्त्रणमा लिइएको दुबै ट्रकबाट बरामद गरिएको मालबस्तुको मुल्यांड्कन १ करोड , ४२ लाख, ६ हजार ४ सय ३८ रुपैया गरेको छ ।