अबैध लागु औषध चरेश सहित पर्सा प्रहरीले दुई भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्वि चम्पारण रक्सौल वडा नम्बर १ बडा परेउवा बस्ने ३५ वर्षिय अनवर आलम र मोतीहारी पुर्वि छतौना बस्ने २२ वर्षिय ईम्तियाज आलम रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दश किलो चरेस बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले भन्नु भयो, भारत रक्सौलबाट पैदल नेपाल तर्फ आउंदै गर्दा नियमित चेकजाँच गर्नै क्रममा बीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै खटिएका प्रहरी चेक पोष्ट ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा आलमद्धयको शरीर खानतलाशी गर्दा तिघ्रामा लुकाई छिपाई राखेको अवस्थामा नेपालमा प्रतिबिन्धित लागु औषध दश किलो चरेश सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट चरेशको २० प्याकेट बरामद गरेको हो भने प्रति प्याकेट ५०० ग्रामको दरले रहेको छ । थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्साका भईरहेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताउनु भयो ।