श्रोत नखुलेको रकम सहित पर्सा प्रहरीले एक भारतिय नागरिकलाई नियन्त्रणमा थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दिपक भारतीले बताएका छन् । भारतको रक्सौलबाट नेपाल तर्फ आउंदै गर्दा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारत मोतीहारी घोडासाहन बस्ने २९ वर्षिय अनिल कुमारलाई शंकाको आधारमा शरीर खानतलाशी गर्दा उनले लगाएको पाईन्ट भित्रबाट भारतिय रुपैया दुईलाख १९ हजार रुपैया बरामद गरिएको प्रहरी नायब उपरिक्षक भारतीले जानकारी दिनुभयो । पक्राउ परेका अनिलबाट भारतिय नोट ५०० सयकोे ४३८ थान बरामद गरिएको हो । नेपालमा भारतिय पाँच सयको नोट प्रतिबन्धित रहेको छ । प्रहरीले बरामद गरेको नोट उतm रकम हुण्डीको हुने सक्ने अनुमान गरेको छ ।