बिलबिजक भन्दा बढीको सामान लोड गरेको फेला पारेपछि प्र २ ,०३००, १ ख ५१३७ नम्बरको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले भने, हामीलाई सुचना पाएका थियौ, अबैध तरिकाले भन्सार छली गरी ल्याएको कपडा तथा मालबस्तु उतm ट्रकमा लोड गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चौक नजिकै प्र , २, ०३००, १ ख ५१३७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको मालबस्तु तथा कपडा लोड गरेको फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक भारतीले बताउनु भएको छ । प्रहरीले ट्रक सहित कपडाको ४३ लाख, ९४ हजार , ३ सय ३२ रुपैया मुल्याड्कन गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको हो ।