बीरगंजको कुषी औजार कारखाना अवलोकन तथा निरीक्षण गर्दे संघीय सरकारका कुषी तथा पशुपक्षी बिकाश मन्त्री रामनाथ अधिकारीले बर्तमान सरकार वर्षाे देखी बन्द रहेको कारखानालाई सञ्चालन ल्याउनका लागी तत्पर रहेको दाबी गर्नु भएको छ । मन्त्री अधिकारीले अर्थतन्त्रको प्रमुख मेरुदण्ड रहेको हुनाले कुषीमा प्रवद्धीको प्रयोग गरी ब्यवसायीकरण गर्नका सरकार लागी परेको बताउनु भयो । कुषी औजार कारखाना निरीक्षण गर्दे मन्त्री अधिकारीले कारखाना सञ्चालन गर्नका लागी जरुरी पर्ने बजेट भौतिक संरचना तथा जनशतिmको बारेमा जानकारी लिनका लागी आफु बीरगंज आएको मन्त्री अधिकारीको भनाई रहेको छ । मन्त्री अधिकारीले कुल जनसंख्याको ६० प्रतिशत रोजगारी प्रदान गरिने हुदां कुषी क्षेत्रको बिकाश भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो । राष्ट्रिय अवसकार केन्द्रका संस्थापक महाबीर पुनले मन्त्री अधिकारी तथा मन्त्रालयबाट आउनु भएका सचीव लगायतका टोलीलाई स्वागत गर्नुभएको थियो । अवसकार केन्द्रका पुनले तत्काल कुषी औजार सञ्चालन गर्नका लागी १५ देखी २० करोड रुपैयाको आवश्यक रहेको जनाउंदै कारखाना सञ्चालन भएमा पहिलो चरणमा तीन सय जनालाई रोजगारी दिन सक्ने बताउनु भयो ।